एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट हवाई टिकट काट्दा २० प्रतिशत ‘क्यासव्याक’ – Nepal Press

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट हवाई टिकट काट्दा २० प्रतिशत ‘क्यासव्याक’

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्न आफ्नो मोबाइल बैंकिङ एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासव्याक योजना सार्वजनिक गरेको छ । बैंकले २०७९ असार १२ देखि १८ गतेसम्म लागू हुने गरी यो योजना ल्याएको हो ।

डिजिटल बैंकिङको अवधारणाअनुरुप बैंकको मोबाइल बैंकिङमार्फत ग्राहकले पहिलो टिकट बुकिङमा रु.५०० अधिकतम एवं दोस्रो पटकबाट रु.१०० सम्म क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।

बैंकको मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर