नागरिकता विधेयक देशको हितमा छैन : चित्रबहादुर केसी – Nepal Press

नागरिकता विधेयक देशको हितमा छैन : चित्रबहादुर केसी

काठमाडौं । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् ।

नागरिकता विधेयक अघि बढाउन गठबन्धनको बैठकले निर्णय गरेको केही दिन नबित्दै नेता केसीले यस्तो बताएका हुन् ।

सरकारले नागरिकतासम्बन्धी विधेयक पारित गराउनेगरी अघि बढाएको उल्लेख गर्दै केसीले यो देशको हितमा नभएको टिप्पणी गरे । शनिबार रिपोर्टस क्लबको एक कार्यक्रममा केसीले नागरिकतासम्बन्धी विधेयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने दाबी गरे ।

नागरिकले नागरिकता पाउने विषयमा आफूहरूको विरोध भने नरहेको प्रष्ट्याउँदै उनले वंशजको नागरिकता दिनको लागि आमा पनि वंशज र बुबा पनि वंशज हुनुपर्ने आफूहरूको अडान रहेको बताए ।

नेपालमा राजनीति अहिले व्यवसाय भएको टिप्पणी उनले गरेका छन् । पाँचदलीय गठबन्धन चुनावसम्मै कायम रहने उनले बताए ।


प्रतिक्रिया

3 thoughts on “नागरिकता विधेयक देशको हितमा छैन : चित्रबहादुर केसी

  1. हार्दिक श्रद्धाञ्जली
    आफ्नो देशको नागरिक चिन्न नसक्ने यत्रो उमेर भएको नेतालाई हार्दिक श्रद्धाञ्जली स्वर्गको यात्रा सफल होस्
    तेरो छोरा छोरी अनागरिक बस्नु परेको छैन त्यसैले तपाईं थाहा छैन नागरिकता बिना 25 वर्षको उमेर कसरी पूरा गरेको छौ हातमा सीप छ पढाइ छ certificate छ तर जागीर गर्न पाएको छैन just because of fucking government system यदि म लाई केही अपराध माफ हुन्थे भने दुई चार जनालाई उडाउने थिए

  2. थुक्क, प्रचण्डेको र अनि शेरे देउवाको पुच्छर ! लाज नभएको ! मोही माग्ने, अनि ढुन्ङ्रो लुकाउने ! तिमिलाइ थाहा हुनुपर्ने हो- सिर्फ राजतन्त्र हटाउनका लागी मात्र सङ्घियता ल्याइयेको हो ।तेसैले सङ्घियता खारेज गर्ने हो भने गणतन्त्र हटाउ , हैन भने चु…………..प्प लागेर बस्ने ल!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर