सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति – Nepal Press

सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।

बैठकमा आजै मन्त्रिपरिषदको बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, वजारको अनुगमन कडाईका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मुल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए ।

पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रिपरिषदको बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मुल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो । सरकारले बजार अनुगमनलाई पनि कडाई गर्ने सहमति गठबन्धनको बैठकमा भएको कांग्रेस वरिष्ठ नेता पौडेलले बताए ।

‘आजको बैठकले जनताको भान्सा सस्तो र सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। पेट्रोलियम पदार्थसहित बजारमा देखिएको सबै खाले महंगी नियन्त्रणका लागि ठमेस कदम चाल्न सरकारलाई निर्देशन दिएका छौ’ पौडेलले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

One thought on “सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

  1. धन्यवाद आदरणीय नेता रामचन्द्र पौडेललेज्यु! मैले दिएको सुझाव अनुसार संयन्त्रको बैठक बसी गठबन्धन सरकारलाई सर्वसाधारणको भान्छा सस्तो बनाउन सुझाव दिनु भएकोमा ।यदि सरकार लोकतान्त्रिक छ र हो भने पक्वै पनि यो उपयुक्त सुझाव कार्यान्वयन गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर