बाढीले मेलम्चीको फट्टे पुलमा क्षति, मध्यरातमा घर छोडेर भागे स्थानीय – Nepal Press

बाढीले मेलम्चीको फट्टे पुलमा क्षति, मध्यरातमा घर छोडेर भागे स्थानीय

सिन्धुपाल्चोक । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताए ।

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए। यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *