इटहरीका आदिवासी थारु अब ‘प्रथम जाति’ घोषणा – Nepal Press

इटहरीका आदिवासी थारु अब ‘प्रथम जाति’ घोषणा

इटहरी । इटहरीका आदिवासी थारु समुदायलाई प्रथम जाति घोषणा गरिएको छ । शुक्रबार इटहरी उपमहानगरपालिकाको एघारौं नगरसभाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

उपमेयर संगीता चौधरीले सार्वजनिक गरेको घोषणामा भनिएको छ, ‘इटहरीमा प्राचीन कालदेखि बसोबास गर्दै आइरहेको थारु समुदायलाई प्रथम जातिको रुप घोषणा गरिएको छ । सो जातिका उक्त जातिको विकासको लागि रु ३० लाख विनियोजिन गरिको छ । सो सम्बन्धित कार्यक्रमहरु उक्त जातिको प्रभुत्व व्यक्ति र जनप्रतिनिधहरुको परामर्शमा तय गरिनेछ ।’

नीति, कार्यक्रम र बजेटका मुख्य ६ विशेष कार्यक्रमहरुमा एक प्रमुख कार्यक्रम प्रथम जाती घोषणा गरिएको हो । अन्य पाँच विषेश कार्यक्रमहरुमा बुढी गंगा जमुना मुक्तीघाटको थप विकास गरी धार्मिक पर्यकीय क्षेत्रको रुपमा संरक्षण र प्रवद्र्धन गर्ने, इटहरी बसोबास गर्ने ऐतिहासिक बहुसंख्यक थारु जातिहरुको सम्पदाको रुपमा ग्रामथानहरुलाई संरक्षण प्रबद्र्धन गर्ने, इटहरी ५ मा रहेको पञ्च महालक्ष्मीसतसँग सामुदायिक भवनलाई प्रदेशस्तर सामुदायिक भवनकोविकास नीति लिने, विभिन्न जाति समुदायहरुको आ–आप्mनो जातिय धर्म संस्कृति परम्परा अनुसारका शव दाह स्थलहरुलाई यथोचित विकास गर्ने रहेका छन् ।

यस्तै, घाटसम्म सरकार कार्यक्रमसञ्चालिन गरिनेछ । सो कार्यक्रम अन्तरगत २ वटा शवबाहन खरिद गरी इटहरी क्षेत्रभित्रका नागरिकहरुको मृत्यु भएको शवलाई स्थानीय घाटसम्म निःशुल्क पुर्याउने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

२ अर्ब १८ करोड ६ लाख १० हजारको अनुमानित बजेट पेश भएको छ । जसमा संघीय सामानिकरण अनुदान ३४ करोड ९७ लाख, संघीय ससर्त अनुदान ४६ करोड ७७ लाख, संघीय समपुरक अनुदान ४ करोड ५० लाख, संघीय विशेष अनुदान ९ करोड, प्रदेश समानिकरण अनुदान १ करोड ९९ लाख ६० हजार, प्रदेश ससर्त अनुदान २ करोड ९५ लाख ५२ हजार, प्रदेश समपूरक अनुदान १ करोड, संघीय राजश्व बाडफाँड १८ करोड ३७ लाख २ हजार, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ९ लाख २० हजार, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशन ३२ करोड, आन्तरिक श्रोतबाट ३६ करोड ५ लाख, नगद मौज्दात परिर्वनबाट २७करोड ९८ लाख ९८ हजार र आसमान नेपालको साझेदारी रकम ३७ लाख ७८ हजार रकम जोडिएको छ ।

बजेटले २००० बिपन्न परिवालाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएको छ । यस्तै, स्वास्थ्य विमामा आबद्ध भएका व्यक्तिहरुको रेफर गर्ने प्रक्रियालाई सेवा विस्तार गरि वडास्तरीय स्वास्थ्य केन्द्रबाट रेफर गर्ने प्रक्रियालाई विस्तार गर्ने कार्यक्रम समेटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *