११ बुदेँ घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकको राष्ट्रिय सम्मेलन सम्पन्न (घोषणापत्रसहित) – Nepal Press

११ बुदेँ घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकको राष्ट्रिय सम्मेलन सम्पन्न (घोषणापत्रसहित)

सीमान्तकृत समुदायको संरक्षण गर्नुपर्नेमा विशेष जोड

काठमाडैं । ११ बुदेँ घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकको राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । बुधबार र विहीबार चलेको सम्मेलनले यसअघि राष्ट्रिय मानव अधिकार आयोगले सम्पन्न गरेका पहिलो र दोस्रो सम्मेलनबाट जारी घोषणापत्रलाई स्मरण गर्दै ११ बुदेँ घोषणापत्र जारी गरेको हो ।

सम्मेलनले सीमान्तकृत अवस्थामा रहेका दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, मुक्तकमैया, मुक्तहलिया, मुक्तकमलरी, लैङ्गिक तथा यौनिक अल्पसख्यक, बालबालिका, महिला, एकल महिला, युवा, ज्येष्ठ नागरिक, द्वन्द पीडित अपांगता भएका व्यक्तिको अधिकार र पिछडिएको क्षेत्र लगायतमा कार्यरत मानव अधिकार रक्षकको विशेष संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै आप्रवासी कामदारको अधिकार, उपभोक्ता अधिकार, अविभेद (जस्तै छुवाछुत तथा जातिय विभेद) व्यवसाय र मानव अधिकार, विपद् तथा जलवायु परिवर्तन, जल, जमिन, वन, विकास तथा वातावरण संरक्षणको क्षेत्र लगायतमा कार्यरत मानव अधिकार रक्षकको संरक्षणका लागि विशेष कार्यक्रम बनाई लागू गर्नुपर्नेमा पनि जोड दिएको छ ।

सरोकारवालाको सहकार्य तथा समन्वयमा आगामी दुई–दुई वर्षमा प्रादेशिक तथा राष्ट्रिय सम्मेलन आयोजना गर्न सम्मेलनले अनुरोध गरेको छ । ‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र समृद्धिको आधार’ भन्ने यस पटकको नारा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *