माधव नेपालको दस्ताबेज- गठबन्धन नभए टिकट फालेर भाग्ने प्रवृत्ति देखियो (पूर्णपाठ) – Nepal Press

माधव नेपालको दस्ताबेज- गठबन्धन नभए टिकट फालेर भाग्ने प्रवृत्ति देखियो (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै गठबन्धनको लाभ कांग्रेस र माओवादीले मात्र लिएको निष्कर्ष निकालेको छ ।

पार्टीको पोलिटव्युरोय बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको २५ पेज लामा राजनीतिक प्रतिवेदनमा स्थानीय तहमा आम रूपमा पाँच दलीय गठबन्धन नै हुन नसकेको जनाएका छन् ।

पार्टीभित्रका समस्या केलाउँदै अध्यक्ष नेपालले नेकपा एसमा गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारी नगर्ने प्रवृत्ति देखिएको बताएका छन् ।

उनले गठबन्धन भए टिकट लिन हानथाप गर्ने र गठबन्धन नहुँदा पाएको टिकट पनि फिर्ता गरेर भाग्ने प्रवृत्ति देखिएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

गठबन्धन नहुँदा टिकट लिन नमान्ने,लिएको टिकट पनि फिर्ता गर्ने,पार्टी नै छाडेर भाग्ने प्रवृत्ति नेपालले औँल्याएका छन् ।

कांग्रेस र माओवादीले एमालेसँग समेत गठबन्धन गरेकोमा नेपालले असन्तुष्टि जनाएका छन् ।

पार्टीले २० पालिका प्रमुख,२३ उपप्रमुख,१९० वडाध्यक्षसहित कुल ९८६ जनप्रतिनिधि जितेकोमा लुम्बिनीमा नेकपा एसले एउटा पनि प्रमुख जित्न सकेन । गण्डकीमा एउटा प्रमुख जित्दा सबैभन्दा राम्रो नतिजा मधेस प्रदेशमा आएको छ ।

यस्तो छ माधव नेपालको राजनीतिक प्रतिवेदन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर