एमालेको बहिष्कारपछि हेटौंडाको नगरसभा स्थगित – Nepal Press

एमालेको बहिष्कारपछि हेटौंडाको नगरसभा स्थगित

हेटौंडा । आफ्नो पार्टीले राखेको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालेका जनप्रतिनिधिले हेटौंडा उपमहानगरपालिकाको नगरसभा बहिष्कार गरेका छन् ।

केही दिनअघि राखिएको बैठक सञ्चालनसम्बन्धी मागको बेवास्ता गर्दै पेलेर नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै आज बोलाइएको ११औँ नगरसभामा एमालेका जनप्रतिनिधि उपस्थित भएनन् ।

एमालेले बैठक सञ्चालन कार्यविधि-२०७४ को केही व्यवस्थामा संशोधन गरिनुपर्ने माग राखेको थियो ।

बिहान १० बजेबाट हुने भनिएको सभा दिउँसो २ बजे स्थगित भएको जानकारी गराइएको छ । मेयर मिना लामाले गणपुरक संख्या नपुगेको भन्दै आइतबारसम्मको लागि नगरसभा स्थगित गरेकी हुन् ।

९७ जना सदस्य रहेको हेटौंडाको नगरसभामा ४० जनाले मात्र हस्ताक्षर गरेको लामाले जानकारी दिइन् । एमालेसँगको वार्ता निचोडमा नपुगेपछि मेयर नगरसभा स्थगित गरिएको छ ।

एमाले जिल्ला सचिव तथा नगर दलका नेता नविन सिग्देलले मेयर लामाको हठका कारण नगरसभामा आफूहरू नगएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर