काठमाडौंको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा – Nepal Press

काठमाडौंको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौं नगरपालिका– २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समिति सदस्य प्रा.डा. गीता प्रधान र वडा नं २५ का अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह र स्थानीयवासीहरुको उपस्थिति थियो । असन शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।

२०७८ चैत मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी एक अर्ब एक करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको छ ।

बैंकको कुल शाखा संख्या १४५ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर