वर्षाको कारण नेपाल र युएईबीचको खेल रोकियो – Nepal Press

वर्षाको कारण नेपाल र युएईबीचको खेल रोकियो

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिएको छ।

मलेसियास्थित किनरारा एकेडेमी ओभलमा भइरहेको खेल  पहिल‍ो इनिङ सकिएलगतै पानी पर्न थालेपछि  प्रभावित भएको हो ।

यसअघि वर्षाको कारण टस ३० मिनेट ढिला भएको थियो । पहिला बलिङ गरेकाे नेपाललाई युएईले जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनायो।यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इशा रोहितले १५ रन, छाया मुघलले १४ रन तथा खुसी शर्मा १२ रनको योगदान गरिन् ।

नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।

नेपालसामु  याे खेल जित्नसके एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।

नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । पानी रोकिएपछि खेल पुन शुरु हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर