फोहोर व्यवस्थापनमा बुनपाको नीति- सबै घरमा तीन डस्टबिन, सबैलाई कौसी खेती तालिम – Nepal Press

फोहोर व्यवस्थापनमा बुनपाको नीति- सबै घरमा तीन डस्टबिन, सबैलाई कौसी खेती तालिम

काठमाडौं । काठमाडौं महानगरपालिकाको सबैभन्दा ठूलो एजेण्डा फोहोर मैला व्यवस्थापन बनिरहेका बेला महानगरसँगै जोडिएको बुढानिलकण्ठ नगरपालिकाले आफ्नो फोहोर आफैं व्यवस्थापन नीति अघि सारेको छ ।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै उपमेयर अनिता लामाले प्रत्येक घरमा ३ वटा डस्टबिन,आफ्नो फोहोर आफैँ व्यवस्थापनको अवधारणा अघि सारेकी हुन् । मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम माइलस्टोन हुने दावी गरेका छन् ।

नगरपालिकाले ‘फोहोर मैला व्यवस्थापनःयसैमा देखिन्छ नागरिक अनुशासन’ भन्ने नारा अघि सारेको छ । जस अन्तर्गत कुहिने फोहोर कम्पोष्ट काममा लगाइने र कौसी खेती गर्न सबैलाई तालिम दिने नीति अघि सारेको छ ।

नियम नमान्नेलाई जरिवाना तिराउने भन्दै नगरपालिकाले घरघरमा बनेको कम्पोष्ट मल उठाउन कृष्कलाई अनुरोध गर्ने भएको छ । त्यस्तै नगरपालिकाले एकीकृत खानेपानी आयोजना बोर्ड गठन गरी आकाशे पानी रिचार्ज गर्ने अनिवार्य नीति बनाउने भएको छ ।

दशौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उपमेयरसँग् विपन्न कार्यक्रम स‌ंचालन गरिने उल्लेख छ ।त्यस्तै म बनाउँछु मेरो विद्यालय कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका प्रधानाध्यपक र शिक्षकहरुलाई कार्य सम्पादन मुल्यांकका आधारमा पुरस्कार तथा दण्डको व्यवस्था गरिने भएको छ ।

एउटा सामुदायिक विद्यालयलाई नमूना बनाउने र बर्थिङ सेन्टरमा प्रसुती भएकालाई तीन हजार प्रसूती स्याहार भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सामुदायिक विद्यालयहरुमा विद्यार्थीका मासिक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम समेत नगरपालिकाले समेटेको छ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *