सन् २०५० सम्म विश्वका २५० करोड मानिसमा सुस्त श्रवण देखिने अनुमान, यस्तो छ कारण – Nepal Press

सन् २०५० सम्म विश्वका २५० करोड मानिसमा सुस्त श्रवण देखिने अनुमान, यस्तो छ कारण

काठमाडौं । फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ नामक संस्थाले फ्रान्समा हरेक चारमध्ये एक व्यक्तिमा सुस्त श्रवणसम्बन्धित समस्या देखा परेको रिपोर्ट सार्वजनिक गरेको छ । यो समस्या क्रमिकरूपमा बढ्दै गएको पनि रिपोर्टमा उल्लेख छ ।

हाल फ्रान्सका २५ प्रतिशत मानिसहरूमा यस्तो समस्या देखिएको छ । १ लाख ८६ हजार ४ सय ६० जनामा गरिएको उक्त अध्ययनले जीवनशैली, सामाजिक एक्लोपन डिप्रेसन र चर्को आवाजको कारणले सुन्नमा समस्या आउने गरेको देखाएको छ ।

लामो समयसम्म चर्को आवाजमा बस्ने र अत्यधिक मात्रामा हेडफोन प्रयोग गर्ने मानिसमा यो समस्या बढी देखिने अनुसन्धानकर्ताको भनाइ छ । धुम्रपान धेरै गर्ने र उच्च ‘बडी मास इन्डेक्स’ भएका मानिसमा पनि यस्तो समस्या आउनसक्ने अनुसन्धानको क्रममा पाइएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हाल संसारभर १५० करोड मानिसले सुनाइसम्बन्धी समस्या भोग्दै आएका छन् । सन् २०५० सम्म यो संख्या २५० करोड पुग्न सक्ने अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर