सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता – Nepal Press

सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर कोर्ड प्रयोगमा ल्याउनेसम्बन्धी व्यवसायिक सम्झौता भएको हो ।

सेवा विविधीकरणको यो नयाँ आयामपश्चात सेञ्चुरी कमर्सियल बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर कोर्डमार्फत गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर