मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुको राँके जुलुसमा प्रहरी हस्तक्षेप, वरिष्ठ उपाध्यक्षसहित विद्यार्थी घाइते (तस्बिरहरु)) – Nepal Press

मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुको राँके जुलुसमा प्रहरी हस्तक्षेप, वरिष्ठ उपाध्यक्षसहित विद्यार्थी घाइते (तस्बिरहरु))

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच त्रिचन्द्र कलेज अगाडि झडप भएको छ।

प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियुवका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेसहित दर्जन बढी विद्यार्थी घाइते भएका छन् ।

प्रदर्शनकारीले ट्राफिक प्रहरीको एउटा गाडीमा तोडफोडसमेत गरेको काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

अनेरास्ववियुसहित विभिन्न विद्यार्थी संगठनले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन्। उनीहरूले राँके जुलुस निकालेका छन्।

यसअघि आइतबार नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ मूल्य बढाएको थियो। अन्य पेट्रोलियम पदार्थको मूल्य पनि भारी मात्रामा बढाइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर