हवाई भाडा एकै पटक ८४० रुपैयाँसम्म बढ्यो, अब कुन ठाउँको कति ? (सूचीसहित) – Nepal Press

हवाई भाडा एकै पटक ८४० रुपैयाँसम्म बढ्यो, अब कुन ठाउँको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ ।

इन्धनको मूल्यवृद्धिपछि १७० रुपैयाँदेखि ८४० रुपैयाँसम्म भाडावृद्धि भएको छ ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेनको भाडा ६५५ वृद्धि भई १४ हजार ७२० रुपैयाँ पुगेको छ ।

काठमाडौंबाट भद्रपुरको भाडा ५७० वृद्धि भएर १२ हजार ८०५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौंबाट विराटनगरको भाडा प्रतिव्यक्ति ४५५ रुपैयाँले वृद्धि भएर १० हजार ८० रुपैयाँ, काठमाडौंबाट जनकपुरको हवाई भाडा २४५ रुपैयाँले वृद्धि भएर ५ हजार ७९५ रुपैयाँ, काठमाडौंबाट भरतपुरको २ सयले भाडावृद्धि भएर ४ हजार ९३५ रुपैयाँ, काठमाडौंबाट पोखरा ३ सयले भाडा वृद्धि भएर ६ हजार ९०५ रुपैयाँ नयाँ भाडा तोकिएको छ ।

त्यसै गरी काठमाडौंबाट भैरहवाको भाडा प्रतिव्यक्ति ३९५ रुपैयाँले वृद्धि भएर ८ हजार ५७५ रुपैयाँ, काठमाडौंबाट नेपालगञ्जको भाडा ६२० रुपैयाँले वृद्धि भएर १३ हजार ८१५ रुपैयाँ, काठमाडौंबाट धनगढी ८४० रुपैयाँले भाडा वृद्धि भएर १६ हजार ८०५ रुपैयाँ, काठमाडौंबाट तुम्लिङटर ३५० रुपैयाँले भाडा वृद्धि भएर ८ हजार ११० रुपैयाँ र काठमाडौंबाट सिमराको १७० रुपैयाँले हवाई भाडा वृद्धि भएर ४ हजार १९५ रुपैयाँ पुगेको छ ।

यो भाडा आषाढ ८ गते देखि लागू हुनेछ । एयरपोर्ट ट्याक्स अन्तर्राष्ट्रिय विमानस्थलको हकमा ५ सय र अन्य विमानस्थलमा ४ सय र ३ सय कायम गरिएको छ ।

नेपाल आयल निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १९ रुपैयाँ वृद्धि गरेर १ सय ८५ रुपैयाँ पुर्‍याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *