हरि उप्रेतीको प्रश्नः एक महिनामै धीरजप्रतापले के गरे, जुन विश्वराजले १७ महिनामा गरेनन् ? – Nepal Press

हरि उप्रेतीको प्रश्नः एक महिनामै धीरजप्रतापले के गरे, जुन विश्वराजले १७ महिनामा गरेनन् ?

काठमाडौं । प्रहरी महानिरीक्षकको बढुवाविरुद्ध परेको मुद्दामा आज सर्वोच्चमा बहस जारी छ । वादी विश्वराज पोखरेलका तर्फबाट तीन जना वकिलले बहस गरेका छन् ।

अधिवक्ता हरि उप्रेतीले एक महिनाअघि मात्रै एआईजी बनेका धीरजप्रताप सिंहलाई के आधारमा आईजीपी बनाइयो भन्ने प्रश्न उठाए ।

पोखरेलका तर्फबाट बहस गर्दै उनले भने, ‘अहिलेको आईजीपी नियुक्ति सीधै डीआईजीबाट गरिएको नभएर एआईजीबाट गरिएको हो ।

एआईजीको पदमा रहेर कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरिएको हो । तर, जम्मा एक महिनामात्रै एआईजी बनेका धीरजप्रतापले के त्यस्तो काम गरे जुन विश्वराज पोखरेलले १७ महिनामा गरेका थिएनन् ?’

एक महिना अगाडि मात्रै डीआईजीबाट एआईजीमा बढुवा गरिएका सिंहलाई सरकारले गत वैशाख १८ गते आईजीपी बनाउने निर्णय गरेको थियो । त्योभन्दा १७ महिनाअघि एआईजी बनेका पोखरेलले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *