पुष्पा भुसाल प्रधानमन्त्रीको बचाउमा उत्रिएपछि संसदीय समितिमा विवाद – Nepal Press

पुष्पा भुसाल प्रधानमन्त्रीको बचाउमा उत्रिएपछि संसदीय समितिमा विवाद

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रमुख विपक्षी नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदहरूले आलोचना गरेपछि कांग्रेस सांसद बचाउमा उत्रिएका छन् ।

समिति बैठकमा एमालेका नारदमुनी रानाले बोलिरहेका बेला कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले आपत्ति जनाएकी हुन् । उनले कुनै नेताको राजनीतिक जीवनमाथि प्रश्नचिन्ह खडा गर्ने उद्देश्यले बहस अघि बढेको भन्दै त्यस्तो भए आफूहरू पनि सोही अनुसार तयारी गरेर आउने बताइन् ।

भुसालले प्रधानमन्त्रीको भ्रमण तय भएपछि संसदलाई जानकारी गराउने भनिसकेपछि पनि यसलाई राजनीतिकरण गर्न खोजिएको भन्दै पार्टीको नेताको विरोध गर्ने शैलीमा सांसदहरू प्रस्तुत भएको बताइन् ।

भुसालले विषयलाई राजनीतिकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएपछि एमाले नेता भीम रावलले आपत्ति जनाए । उनले रक्षामन्त्रीको हैसियतमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्दा कसरी राजनीतिकरण भयो भन्दै प्रश्न गरेका थिए ।

उनले प्रधामन्त्रीले आउँन मिल्दैन, छलफल गर्न पर्दैन भन्ने कुरा नै अनुत्तरदायी कुरा भएको भन्दै भुसालको खण्डन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर