अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले आज संसदीय समितिमा जवाफ दिने – Nepal Press

अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले आज संसदीय समितिमा जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्रगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवासँग आसन्न अमेरिका भ्रमण छलफलको एजेण्डा रहेको छ ।

देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको छ ।

शुक्रबार बसेको समितिको बैठकले एसपीपीबारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको थियो ।

उक्त बैठकले सरकारको भनाइ मौखिकरूपमा नभइ निर्णयका रूपमा आउनुपर्ने ठहर गरेको थियो ।

यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका सवालमा छलफल भइसकेको छ ।

समितिले प्रधानमन्त्री देउवाको आसन्न भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति वा कार्य नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर