ओलम्पिक डे मा ओलम्पियनहरुको पुनर्मिलन हुने – Nepal Press

ओलम्पिक डे मा ओलम्पियनहरुको पुनर्मिलन हुने

काठमाडौं । नेपाल ओलम्पियन संघले ‘ओलम्पिक डे’को अवसरमा ओलम्पियन पुनर्मिलन गर्ने भएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै संंघले असार ७ गते अहिलेसम्म भौतिक रूपमा रहेका ओलम्पियनहरुको भेला गराएर पुनर्मिलन गर्ने जनाएको हो ।

नेपालले १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट ओलम्पिकमा उपस्थिति जनाएको थियो ।

संघले सो बेला देखि २०२० मा टोकियोमा आयोजना भएको ओलम्पिक सम्मका ओलम्पियनहरुको पुनर्मिलन गर्न लागेको हो ।

ओलम्पियनहरु आआफ्नो कार्य व्यस्तताका कारण सबै सधैँ एकै ठाउँमा भेला हुन नसक्ने अवस्था रहेकोले भ्रातृत्व र आत्मीयता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न लागिएको संघका अध्यक्ष दीपक विष्टले जानकारी गराए ।

विष्टले विदेशमा रहेका ओलम्पियनहरुलाई पनि उक्त कार्यक्रममा सहभागी गराउन प्रत्यक्ष प्रसारण मार्फत समेट्ने प्रयास रहेको बताए । सो अवसरमा अग्रजलाई सम्मान गर्ने र दिगंवत ओलम्पियनहरुलाई विशेष सम्झना गर्ने अध्यक्ष विष्टले बताए ।

संघले ओलम्पिक डे का अवसरमा अन्य कार्यक्रमलाई पनि अगाडी सारेको छ । जसमा २०७९ असार ५ गते ओलम्पियन संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघविच टेबल टेनिस, ६ गते ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चबिच मैत्रीपूर्ण फुटबल, ८ गते स्कुल टु ओलम्पिक कार्यक्रम अन्तरगत विभिन्न स्कुलका विद्यार्थी र ओलम्पियनविच अन्तरक्रिया कार्यक्रम र ९ गते ओलम्पिक डे मनाउन कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर