बालिका बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ – Nepal Press

बालिका बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

रोल्पा । एक बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।

गत जेठ ३० गते केसीले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *