अमेरिकालाई मानवीय सहायताको लागि चिठी लेखेको हो, सैन्य गठबन्धनका लागि होइन: प्रधानसेनापति – Nepal Press

अमेरिकालाई मानवीय सहायताको लागि चिठी लेखेको हो, सैन्य गठबन्धनका लागि होइन: प्रधानसेनापति

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई सैन्य गठबन्धनका लागि  नभई मानवीय सहायताको लागि चिठी लेखेको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहानको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।

उनले २०७२ को भूकम्पको बेला २७ देशलाई मानवीय सहायता लिएर देशको जनतालाई सहयोग गर्न चिठी लेखेको बताए ।

सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको भन्दै बिहीबार पत्र सार्वजनिक भएको थियो । तर एसपीपीमा भाग सहभागी हुन कुनै सम्झौता नगरेको उनले स्पष्ट पारे ।

उनले भने, `अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको सत्य हो । २०७२ को भूकम्पको बेला २७ देशलाई मानवीय सहायता लिएर देशको जनतालाई सहयोग गर्न चिठी लेखेको हो । तर चिठीमा सैन्य अलायन्स लेखिएको छैन । म आफै सैन्य गठबन्धनको खिलाफ छु । ’

उनले चिठी लेख्दैमा कुनै सैन्य गठबन्धन नहुने दावी गरेका छन् । उनले एसपीपी नेपाललाई जरूरी नभएकाले अमेरिकालाई सैन्य गठबन्धन हुँदैन भनेर भनिसकेको बताए ।  उक्त पत्रको विषयमा कसैलाई दोष दिन नचाहेको समेत बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर