सिन्धुलीको विशाल सामुदायिक वनमा मात्र करिब १६ हजार भन्दा बढी बोटविरुवा रोपिए – Nepal Press

सिन्धुलीको विशाल सामुदायिक वनमा मात्र करिब १६ हजार भन्दा बढी बोटविरुवा रोपिए

काठमाडौं । आठौं चुरे दिवसका अवसरमा सिन्धुलीको विशाल सामुदायिक वन क्षेत्रमा ‘एक दिनमा एक लाख विरुवा वृक्षारोपण’ भन्ने नाराका साथ बिहीबार एकैदिन करिब १६ हजार दुई सय वटा विभिन्न प्रजातीका बोटविरुवा रोपिएका छन् । नेपाली सेना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सहकार्यमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागि सबैलेले वोटविरुवा रोपेको नेपाली सेनाले जनाएको हो ।

सिन्धुलीको दुधौली नगरपालिका–३, झुँगास्थित विशाल सामुदायिक वन ईलाकामा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमिा बृहत वृक्षारोपण कार्यक्रम–२०७९ सम्पन्‍न भएको नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी नारायण सिलवालले जानकारी दिए ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वन सम्पदाको संरक्षणमा नेपाली सेनाको भूमिकाको प्रशंसा गर्दै नेपाली सेना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको सहकार्यमा भएको वृक्षारोपण कार्यले जलवायु परिवर्तनलाई केही हदसम्म सन्तुलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन ।

वृक्षारोपण कार्यक्रममा बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, संघीय वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, नेपाली सेनाका बलाध्यक्ष रथी सरोजप्रताप राणा, बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, राष्ट्रपति कार्यालयका प्रमुख निजी सचिव डा.भेषराज अधिकारी तथा सल्लाहकार, वन मन्त्रालयका सचिव डा. पेमनारायण कंडेल, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा.किरण पौडेल, सदस्य सचिव महेश्वर ढकाल तथा अन्य पदाधिकारी सहभागि थिए ।

यस्तै दुधौली तथा कमलामाई नगरपालिकाका नगर प्रमुख, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका रथी तथा अधिकृत, जिल्लास्थित कार्यालयका प्रमुख तथा अन्य सुरक्षा निकायका प्रमुख, स्थानीय बुद्धिजीवी तथा पदाधिकारीको उल्लेख्य उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर