बागमतीको बजेटले काठमाडौंलाई अन्याय गर्‍याे : सांसद शाक्य – Nepal Press

बागमतीको बजेटले काठमाडौंलाई अन्याय गर्‍याे : सांसद शाक्य

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट प्रतिपक्षलाई अवहेलना गर्ने उदेश्यले ल्याएको भन्दै नेकपा (एमाले) का सांसदहरुले आलोचना गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका भएका बागमती प्रदेशका सांसद डा. अजयक्रान्ति शाक्यले बजेटमा एमालेको भावनालाई समेट्न नसकेको भन्दै आलोचना गरे।

‘बजेट प्रतिपक्षलाई अवहेलना गर्ने उदेश्यले ल्याइएको छ,’ उनले भने, ‘बजेटमा हाम्रो पार्टीको भावनालाई समेटिएको देखिदैन । कतिपय भने पुरानै कुराको कपी-पेष्ट गरिएको छ ।’

उनले बजेटको आकार बढेपनि स्रोत भर पर्दो नभएकाले बजेट सस्तो लोकप्रियताका लागि मात्रै ल्याइएको पनि उनले आरोप लगाए । ‘बजेट काठमाडौंका जनताका लागि हात लाग्यो शुन्य जस्तै देखियो,’ उनले भने,‘कतिपय बटेजसुन्दा ठिकै लाग्ने तर कार्यान्वयन नहुने खालको देखिएको छ ।काठमाडौँले सबैभन्दा बढी राजस्व बुझाउने तर बजेटमा कन्जुस्याइँ गर्ला काठमाडौंका जनतालाई अन्याय भएको छ ।’

बागमती प्रदेशले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँले बढी हो ।उनले बजेटको आकार बढेपनि स्रोत भर पर्दो नभएकाले सस्तो लोकप्रियताका लागि मात्र भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर