सार्वजनिक स्थानमा साइकल चलाएर सर्वसाधारणलाई दु:ख दिएको भन्दै भ्लगरलाई सम्झाइबुझाइ – Nepal Press

सार्वजनिक स्थानमा साइकल चलाएर सर्वसाधारणलाई दु:ख दिएको भन्दै भ्लगरलाई सम्झाइबुझाइ

काठमाडौं । फुटपाथ लगायत सार्वजनिक स्थानहरूमा साइकल चलाएर सर्वसाधरणलाई दु:ख दिने ट्राफिक प्रहरीले दुई जनालाई सम्झाइबुझाइ गरेको छ ।

भ्लग बनाउने नाममा जथाभावी फुटपाथल लगायत सार्वजनिक स्थानमा साइकल चलाउने दुई  युवकलाई ट्राफिक महाशाखामा सम्झाइबुझाइ गरेको महानगरी ट्राफिक महाशाखाका प्रवक्ता संजिव शर्मा दासले नेपालप्रेसलाई बताए ।

उनले भने,‘सर्वसाधारणलाई दुःख दिएको भनि यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको फेसबुक र ट्विटर पेज लगायत अन्य विभिन्न माध्यमहरूबाट जन गुनासो प्राप्त हुन आएकोमा साइकल चालकलाई कार्यालयमा सम्झाएर पठाएको हो । साइकललाई के कारबाही गर्नु ।’

उनले नेपालमा यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने कानुन नभएकाले सम्झाइबुझाइ गरी छाडेको बताए । उनीहरुलाई बाटोमा भेटेर कार्यालयमा ल्याएको थियो । प्रवक्ता दासले उनीहरुको नाम भने खुलाएनन् ।

उनीहरुले साइकल जथाभावी साइकल चलाएर भ्गल बनाएर युट्युबमा राख्ने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *