बजेट पास गर्ने भन्दै विमला वलीलाई रातारात बुटवल पठाइयो – Nepal Press

बजेट पास गर्ने भन्दै विमला वलीलाई रातारात बुटवल पठाइयो

दाङ । प्रेमीकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बुटवल पठाइएको छ ।

अहिले राति साढे १० बजे उनलाई प्रहरीले पिएसओको जिम्मा लगाएर बुटवल पठाइएको हो ।

प्रहरी स्रोतका अनुसार मुख्यमन्त्री कुलबहादुर केसीले बजेट पास गर्न विमलाको आवश्यक भएकाले बुटवल पठाइदिन भन्दै प्रजिअलाई चर्को दबाब दिएपछि उनलाई रातारात बुटवल पठाइएको छ ।

दाङ प्रहरीले विमला बिरूद्दको जाहेरी भोलि दर्ता गर्दैछ । विमलाले आज बिहान प्रेमी एकराज बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेकी थिइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर