नेकपा एसको स्थायी कमिटी : चुनावी समीक्षा सुरु, झलनाथले गरे ब्रिफिङ – Nepal Press

नेकपा एसको स्थायी कमिटी : चुनावी समीक्षा सुरु, झलनाथले गरे ब्रिफिङ

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीमा चुनावी समीक्षा सुरु भएको छ ।

पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको १२ औँ बैठकमा सचिवालयले तयार गरेको निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पेस भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पार्टीको केन्द्रीय सचिवालयले तयार गरेको प्रतिवेदन स्थायी कमिटीमा पेस भएको छ । यसमा सातै प्रदेशका इन्चार्ज तथा अध्यक्षहरूले आफ्नो धारणा राख्नुभएको छ । छलफल जारी नै रहेको छ’, खतिवडाले भने ।

बैठकले राजनीतिक विषयमा निर्णय नलिइसकेको र बृहत् छलफलपछि अबको राजनीतिक कार्यदिशाबारे धारणा बनाउने प्रवक्ता खतिवडाले बताए ।

झलनाथ भन्छन् – तालमेल सम्मानजनक भएन, परिणाम गतिलो आएन

मन्त्रिपरिषद् पुनर्गठनबारे पत्रकारको जिज्ञासामा खतिवडाले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै अहिले त्यसबारे थप छलफल नभएको बताए ।

आजको बैठकमा सम्मानित नेता झलनाथ खनालले स्थानीय निर्वाचन, गठबन्धन र तालमेलको परिणामबारे धारणा राखेका थिए ।

खनालले ५ दलीय गठबन्धनमा नेकपा एसलाई सम्मानजनक हैसियत नदिइएको र तालमेल असफल देखिएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर