झलनाथ भन्छन् – तालमेल सम्मानजनक भएन, परिणाम गतिलो आएन – Nepal Press

झलनाथ भन्छन् – तालमेल सम्मानजनक भएन, परिणाम गतिलो आएन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ५ दलका बीच भएको चुनावी तालमेल असफल भएको बताएका छन् ।

नेकपा एसको स्थायी कमिटीबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै नेता खनालले तालमेल सम्मानजनक नभएकाले परिणाम पनि नआएको बताए ।

‘वास्तवमा ५ दलको बीचमा जुन ढंगले सम्मानजनक एकता हुनुपर्ने थियो । त्यो भएन । आउनुपर्ने परिणाम आए । अब यसबाट हामीले के शिक्षा लिने भन्नेमा छलफल भइराछ’, उनले भने ।

खनालले बैठकमा स्थानीय निर्वाचनको समीक्षा सुरु भएको बताए ।

नेकपा एसको स्थायी कमिटी : चुनावी समीक्षा सुरु, झलनाथले गरे ब्रिफिङ

‘स्थानीय तहको निर्वाचन सम्बन्धमा समीक्षासम्बन्धी प्रतिवेदन पेस भएको छ । त्यसमा छलफल सुरु भएको छ’, उनले भने ।

खनालले मन्त्री फिर्ता बोलाउनेबारे यसअघि नै निर्णय भइसकेकोले थप छलफल आवश्यक नरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर