भीड छिचाेल्दै विमलालाई ईप्रकाबाट जिप्रका लगियो, जाहेरी दिन जाँदै मीना – Nepal Press

भीड छिचाेल्दै विमलालाई ईप्रकाबाट जिप्रका लगियो, जाहेरी दिन जाँदै मीना

दाङ । प्रेमीको श्रीमती र छोरीलाई कुटपिट गरेपछि प्रहरीको नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । उनीविरुद्धको मुद्दा जिप्रकाबाटै अघि बढाइने दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

विमलाले आज बिहान प्रेमी एकराज बस्नेतको तुलसीपुर ५ आलुमण्डीस्थित घरमै गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेकी थिइन् । विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोटपटक लागेको छ भने कुर्ता च्यातिएको छ ।

विमला एकराजको घरमा पीएसओसहित झण्डावाल गाडीमा पुगेकी थिइन् । विमलालाई प्रहरीले इप्रकाबाट बाहिर निकाल्दा पीडितका आफन्तले ईप्रकाको गेटमा नाराबाजी गरेका थिए । प्रहरीले नाराबाजी गर्नेमाथि सामान्य बल प्रयोग गरी विमलालाई जिप्रका लगेको थियो ।

प्रहरीले पीडितका घाउ जाँच गराएको छ । श्रीमानकाे प्रेमिकाबाट कुटिएकी बस्नेतले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिन जिप्रका दाङ जाँदै छिन् । उनले स्थानीय एक वकिलकहाँ पुगेर निवेदन तयार पारेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर