गुहेश्वरी मर्चेन्ट २१ वर्षमा प्रवेश, ७ अर्ब निक्षेप संकलन – Nepal Press

गुहेश्वरी मर्चेन्ट २१ वर्षमा प्रवेश, ७ अर्ब निक्षेप संकलन

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २०औं वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । बैंकिङ एण्ड फाइनान्स कम्पनी सोमबार २०औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको हो ।

फाइनान्सले २०७८ साल चैत्र मसान्तसम्म ७ अर्ब २ करोड निक्षेप संकलन गरेको छ । ६ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । फाइनान्स ४ करोड ६ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीको निष्क्रिय कर्जा १.१५ प्रतिशत, चुक्ता पूँजी ९५ करोड ४ लाख र जगेडा कोषमा ४५ करोड ११ लाख रहेको फाइनान्सले जनाएकाे छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २३ शाखा कार्यालय र ४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर