युक्रेनको मुख्य शहर सेभेरोडोन्स्टेक पुग्ने सबै पुल ध्वस्त – Nepal Press

युक्रेनको मुख्य शहर सेभेरोडोन्स्टेक पुग्ने सबै पुल ध्वस्त

काठमाडौं । युक्रेनको प्रमुख शहर सेभेरोडोन्स्टेक सम्म पुग्ने सबै पुल ध्वस्त भएका छन् ।

शहर पुग्ने सबै पुल ध्वस्त भएसँगै उक्त क्षेत्रमा अत्यावश्यक वस्तुहरुको परिपूर्ति गर्न तथा नागरिकहरुलाई अन्य ठाउँमा स्थान्तरण गर्न असम्भव भएको स्थानीय गभर्नर सेर्हेई हाइडाईलाई उद्धृत गर्दै अन्तर्राष्टिय संचार माध्यम बीबीसीले जनाएको छ ।

बीबीसीको रिपोर्टमा उल्लेख भए अनुसार हाल सेभेरोडोन्स्टेकका तीन वटा पुल ध्वस्त बनाइएको छ भने शहरको ७० प्रतिशत क्षेत्र रुसको कब्जामा पुगिसकेको छ ।

पछिल्लो समय रुसले युक्रेनको औद्योगिक क्षेत्र डोनस्टेकमा आक्रमण तीव्र बनाउँदै गएको छ भने यस क्षेत्रको आक्रमणलाई नै रुस र युक्रेन बीच जारी युद्धको निर्णायक आक्रमणको रुपमा पनि आँकलन गर्न थालिएको छ ।

साथै यस क्षेत्रका अधिकांश भुभागहरु सन् २०१४ देखिनै रुस समर्थित पृथकतावादीहरूले नियन्त्रणमा लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर