अष्ट्रेलिया विश्वकप फुटबलमा छनोट – Nepal Press

अष्ट्रेलिया विश्वकप फुटबलमा छनोट

काठमाडौं । पेरुलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप २०२२ मा छनोट भएको छ ।

अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी शुटआउटमा अष्ट्रेलियाले ५-४ गोलअन्तरमा खेल जितेको हो ।

सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीसमेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो ।

जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षीय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए ।

यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् ।

विश्वकपमा लगातार पाचौँपटक छनोट

कतारमा यसै वर्ष आयोजना हुने विश्वकप फुटबलमा अष्ट्रेलियाले स्थान बनाएको छ । दक्षिण अमेरिकी टोली पेरुलाई टाइब्रेकरमा पराजित गर्दै अष्ट्रेलिया आगामी विश्वकपमा एसियाबाट छनोट हुने छैटौं तथा अन्तिम टोली बनेको हो ।

अष्ट्रेलियाले विश्वकपमा लगातार पाचौँपटक छनोट भएको हो । उसले सन् २००६ यताका हरेक विश्वकप खेलिरहेको छ । अष्ट्रेलियाले विश्वकपको पहिलो चरणमा फ्रान्स, ट्युनिसिया र डेनमार्कसँग खेल्ने छ । आगामी विश्वकप खेल्ने ३२ मध्ये एक टोलीको मात्र टुंगो लाग्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर