जबरजस्ती करणी आरोपमा चार जना पक्राउ – Nepal Press

जबरजस्ती करणी आरोपमा चार जना पक्राउ

काठमाडौं । काठमाडौं ६ बौद्धमा रहेको एक गेस्ट हाउसमा युवती बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २४ वर्षका रितेश तामाङ, २२ वर्षका रिन्जेन शेर्पा र ३४ वर्षका उत्तम लामा रहेका छन् ।

यस्तै ३४ वर्षका आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई मतियारका रूपमा पक्राउ गरिएको हो ।

उनीहरूले युवतीलाई गेस्ट हाउसमा लगेर पालैपालो बलात्कार गरेको आरोप छ । उनीहरू बलात्कारपछि फरार भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर