वाम गठबन्धनबारे ज्ञवालीको टिप्पणी- ५० प्रतिशत सिट माग्न एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्दैछन् (भिडिओ) – Nepal Press

वाम गठबन्धनबारे ज्ञवालीको टिप्पणी- ५० प्रतिशत सिट माग्न एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्दैछन् (भिडिओ)

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले तत्काल आउने चुनावमा वाम गठबन्धन वा अरू कुनै दललाई प्रधानमन्त्री बनाउने अफरलाई खारेज गरेको छ ।

सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले अहिले एमाले र माओवादी नेताहरूबिच भएका भेट र संवादहरू अन्य सन्दर्भमा रहेको बताए ।

ज्ञवालीले कांग्रेसलाई शिरमा बोकेर कम्युनिस्ट पार्टीलाई हरायौँ भनेर खुसी मनाउँनेहरुसँग वाम गठबन्धनको सम्भावना नरहेको बताए ।

ज्ञवालीले प्रचण्ड लगायतका नेताहरूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने हल्ला पनि सम्बन्धित पक्षहरूले कांग्रेससँग बार्गेनिङका लागि चलाएको दाबी गरे ।

उपमहासचिव ज्ञवालीले भने– उहाँहरूले कांग्रेससँग बार्गेनिङका लागि एमाले देखाएर वाम गठबन्धनको हल्ला चलाएको हुनसक्छ । ५० प्रतिशत सिट नदिए भए मलाई त एमालेले प्रधानमन्त्री नै बनाउने प्रस्ताव गरेको छ भनेर कांग्रेससँग बार्गेनिङ गर्ने कुरासँग एमालेको सम्बन्ध छैन ।

ज्ञवालीले एमालेको जनमत नघटेको भन्दै अब सबै तयारी मङ्सिरमा हुने संघ र प्रदेशको चुनावमा केन्द्रित रहने बताए ।

एमाले बैठकले पछिल्लो समय सरकारले बाह्य सम्बन्धहरूमा विचलन ल्याउँदै गएको छ र स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति खलबलिएको भन्दै मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कामप्रति चिन्ता व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर