कछुवा बेच्दै गरेका दुईजना कोटेश्वरबाट पक्राउ – Nepal Press

कछुवा बेच्दै गरेका दुईजना कोटेश्वरबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कछुवाको अवैध कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका-९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरूपमा कछुवा ओसारपसारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूको साथबाट कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा. ९९ प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *