ससुरालीमा राजेश हमालले मनाए ५८ औं जन्मदिन – Nepal Press

ससुरालीमा राजेश हमालले मनाए ५८ औं जन्मदिन

काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो ५८ औं जन्मदिन मनाउँदै आफू अभिनित नयाँ म्युजीक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरेका छन् ।

झक्तपुरको ससुराली रेष्टुरेन्टमा पत्रकार भेटघाट गर्दै गीतको सार्वजनिक गरिएको हो । सोहि कार्यक्रममा अभिनेता हमालको जन्मदिनको उपलक्ष्यमा म्युजीक भिडियो टिमको तर्फबाट केक काटियो ।

कार्यक्रममा ससुराली रेष्टुरेन्टको तर्फबाट पोष्टरमा अभिनेता हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो । त्यसै प्रसंगमा सञ्चारकर्मिले आज तपाईको कतिऔं जन्मदिन भन्ने प्रश्नमा हमालले ठट्टा गर्दै भने, ‘म जब १८ बर्ष पुगेको थिएँ त्यो समयदेखी उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला ।’

जन्मदिनकै अवसरमा ‘गुन्द्रुक तिउन’ गीतको सार्वजनिक गर्न पाएकोमा खुसी ब्यक्त गर्दै हमालले भने, ‘नेपाली मौलिक लोकगीतमा अभिनय गर्ने अवसर पाएँ त्यसका लागी टिमप्रति आभार ब्यक्त गर्छु ।’

राजु परियार र करुणा राईको स्वर रहेको गीतमा शब्द र संगीत गोविन्द पराजुलीको रहेको छ । यस्तै गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैले अभिनय गरेकी छिन् । भिडियोको निर्देशन देवेन्द्र पाण्डेयले गरेका हुन् ।

गायिका करुणाले आफूले ‘गुन्द्रुक तिउन’ सहित अभिनेता हमालसँग तीनवटा भिडिओमा काम गर्न पाएको बताइन् । उनले आफ्नो सानैदेखीको चाहाना पुरा भएको भन्दै खुसी ब्यक्त गरिन् । ‘मैले कहिल्यै सोचेकी पनि थिइन राजेश दाईसँग यसरी भिडिओमा काम गर्न पाउँछु । यो मेरोलागी ठुलो अवसर हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर