निलम्बनपछि पहिलो पटक गभर्नर र अर्थमन्त्रीबीच १ घण्टा वार्ता, के भयो कुराकानी ? – Nepal Press

निलम्बनपछि पहिलो पटक गभर्नर र अर्थमन्त्रीबीच १ घण्टा वार्ता, के भयो कुराकानी ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि पहिलो पटक उनीसँग छलफल गरेका छन् ।

अर्थमन्त्री र गभर्नरबीच समन्वय हुन नसक्दा देशको अर्थतन्त्र अझ समस्यामा जाने अवस्था आउन सक्ने भनेर चर्चा चलिरहेको बेला आज अर्थ मन्त्रालयमा नै अर्थमन्त्री र गभर्नर बीच करिब १ घण्टा छलफल भएको हो ।

अर्थमन्त्रीले सरकारलाई सहयोग नगरेको र सूचना बाहिर दिएको भनेर निलम्बन गरेका थिए । तर अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई काम गर्ने बाटो खोलिदिएपछि उनी नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा नै काम गरिरहेका छन् ।

निलम्बनपछि अर्थमन्त्री र गभर्नर बीच पहिलो पटक अर्थ मन्त्रालयले बजेट आएको छलफलमा एउटै कार्यक्रम देखिएका थिए । तर मन्त्री र गभर्नर बीच कुराकानी भने भएको थिएन । आज गभर्नर नै अर्थमन्त्रालय गएर अर्थमन्त्रीसँग नयाँ मौद्रिक नीतिका लागि सुझाव माग गरेका हुन् ।

देशको समग्र अर्थतन्त्र, नयाँ बजेट र सेयर बजारको विषयमा अर्थ मन्त्रालयमा छलफल भएको हो । नयाँ मौद्रिक नीतिको विषयमा छलफल केन्द्रित भएको अर्थ मन्त्रालयले बतायो ।

निलम्बन र पुनर्बहाली घट्नापछि आज गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकको विषयमा अर्थमन्त्रालय नै गएर अर्थमन्त्रीलाई भनेका हुन् ।

अर्थमन्त्री मन्त्रालयले नयाँ बजेट ल्याएपछि गभर्नर पनि नयाँ मौद्रिक नीति ल्याउने तयारीमा रहेका छन् ।

आज भएको भएको भेटमा राष्ट्र बैंकबाट गभर्नरलगायत सानो टिम अर्थमन्त्रालय गएको थियो । अर्थ मन्त्रालयबाट अर्थमन्त्री, अर्थका सचिव र सहसचिव पनि छलफलमा बेसेका थिए । आज बिहान धितो पत्र बोर्डको कार्यक्रममा जानुभन्दा अघि अर्थमन्त्री र गभर्नर बीच कसरी १ घण्टा छलफल भएको अर्थ मन्त्रालयले बताएको छ ।

अर्थमन्त्री र गभर्नर बीच तुस बढ्दै गइरहेको भनेर विरोध भइहरेको बेला गभर्नरले अर्थमन्त्रीले नयाँ मौद्रिक नीतिमा के चाहन्छन् भनेर त्यो विषय समेट्न छलफलमा गभर्नरले भाग लिएको बुझिएको छ ।

गभर्नरले नयाँ मौद्रिक नीतिमा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी ल्याउने विषय छलफलमा समेटिएको अर्थमन्त्रालय स्रोतले बतायो ।

अर्थमन्त्रीले छलफलमा गभर्नर अधिकारीलाई अध्ययन गरेर नयाँ मौद्रिक ल्याउन भनेका थिए ।

अर्थमन्त्री र गभर्नरको छलफलबाट नै सेयर बजार सुधारको लागि ४ सदस्यीय समिति समेत आज नै गठन भएको छ । सो समितिमा राष्ट्र बैंकका १ जना रहने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर