भरतपुरमा बन्यो ८ करोडको ट्रायल सेन्टर – Nepal Press

भरतपुरमा बन्यो ८ करोडको ट्रायल सेन्टर

भरतपुर । भरतपुरमा सुविधा सम्पन्न सवारीचालक प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) निर्माण भएको छ । करिब ८ करोड लगानीमा महालक्ष्मी ट्रायल सेन्टर प्रालिले प्रशिक्षण केन्द्र निर्माण गरेको हो ।

भरतपुर महानगरपालिका– ८ स्थित तीनतले चोकमा २ विघा ३ कट्ठा जग्गामा प्रशिक्षण केन्द्र बनाइएको छ । अध्यक्ष डम्बरबहादुर थापाले भरतपुरमा नेपालकै सबैभन्दा ठूलो प्रशिक्षण केन्द्र निर्माण भएको दाबी गरेका छन् ।

‘दैनिक एक हजार चालकलाई प्रशिक्षण दिन मिल्ने पूर्वाधार बनाएका छौं’, उनले भने, ‘टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय सुविधा पनि छ ।’

यहाँ नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका– २०७४ को मापदण्ड अनुसारको संरचना बनाइएको छ । चितवनका पाँचसहित १५ जना युवा उद्यमीहरुको लगानीमा प्रशिक्षण केन्द्र बनेको हो ।

यहाँ मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, हेवी सवारी, हेभी इक्यूपमेण्टहरु चलाउने सीप सिकाइने छ । यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि एक हजार ५ सय जनालाई प्रयोयात्मक परीक्षा तथा लिखित परीक्षा लिन सकिने क्षमताको रहेको छ ।

आर्किटेक्ट इञ्जिनियर सुजन नेपालले दैनिक ३ हजार जनाले ट्रायल परीक्षा दिन मिल्ने गरी प्रशिक्षण केन्द्र बनेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर