फर्पिङको जंगलमा मृत भेटिएका दुईजनाको पहिचान खुल्यो – Nepal Press

फर्पिङको जंगलमा मृत भेटिएका दुईजनाको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको फर्पिङस्थित जङ्गलमा सोमबार मृत अवस्थामा भेटिएका एक जोडीको पहिचान खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरले उनीहरु मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ का २० वर्षीय मनिष ठकुरी र दाङको राप्ती गाउँपालिका-२ की २० वर्षीया विमला कुमाल रहेको बताए।

प्रहरीले घटनास्थलबाट विषको जस्तै बट्टा पनि भेटिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा मृतक दुवैले विष सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

एसएसपी कुँवरले अन्य विषय खुल्न नसकेकाले अनुसन्धानपछि मात्र भन्न सकिने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर