भोजपुरमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, परिवारका पाँचजना बिरामी – Nepal Press

भोजपुरमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, परिवारका पाँचजना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा भाेजपुरमा एक बालिकाको ज्यान गएको छ भने एकै परिवारका पाँचजना बिरामी भएका छन् । जंगली च्याउ खाँदा हतुवागढी– ३ का आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो ।

आशकुमारसँगै उनकी श्रीमती धनकुमारी र छोरीहरु योगिता, सुमित्रा र सृष्टिको बिरामी भएका छन् । उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी नितेषकुमार सिंहले जानकारी दिए ।

उनीहरुले २१ गते बिहान र साँझ जंगली च्याउको तरकारी खाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *