ए वानको १९ औं शाखा नीलोपुलमा, नवनिर्वाचित जनप्रतिनिधिले गरे उद्घाटन – Nepal Press

ए वानको १९ औं शाखा नीलोपुलमा, नवनिर्वाचित जनप्रतिनिधिले गरे उद्घाटन

काठमाडौं । युवा व्यवसायीहरुले थालेको ए वान क्याफेको १९ औँ शाखा काठमाडौंको सुकेधारास्थित नीलोपुलमा सुरु भएको छ । ब्रोनल्यान्ड स्कुलसँगै खुलेको ए वान क्याफेको नयाँ शाखाको बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामाले उद्घाटन गरेका छन् ।

शाखा उद्घाटन कार्यक्रममा वडा नम्बर ९ की अध्यक्ष सुमित्रा त्रिपाठी, वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई र १२ नम्बर वडाका अध्यक्ष शम्भु भट्टराई पनि उपस्थित थिए ।

काठमाडौंसहित देशका विभिन्न ठाउँमा सेवा दिइरहेकाे ए वान क्याफे तथा बैंक्वेटले आफ्नै होटलसमेत सन्चालन गरिरहेको छ । उद्यमशीलता, रोजगारी र नेपाली उत्पादन र उपभोगमा प्रोत्साहन गर्दै आर्थिक विकासका लागि ए वान समूहले महत्वपूर्ण योगदान पुर्‍याइरहेको मेयर अधिकारीले बताए ।

ए वान ग्रुपका सञ्चालक राकेश श्रेष्ठले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ भन्ने प्रतिबद्धताका साथ नीलोपुलमा पनि शाखा खोलिएको बताए । श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकामा ए वान क्याफेका १९ वटा शाखा होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस छन् ।

यी शाखामार्फत प्रत्यक्ष रुपमा ४ सय जनाले रोजगारी पाएका छन् भने १५० परिवार उद्यमशीलता र उत्पादनसँग जोडिएका छन् । ए वान बर्गर एण्ड सेकुवाको नामबाट नयाँ खुलेको शाखामा २ सय बढीलाई एकैसाथ सेवाका साथै विवाह, ब्रतवन्ध, पार्टी, मिटिङलगायतका लागि आवश्यक हलसहितको पूर्वाधार रहेको श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर