लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक मिति २ दिनपछि सारियो – Nepal Press

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक मिति २ दिनपछि सारियो

रुपन्देही । भोलि सार्वजनिक गर्न लागिएको लुम्बिनी सरकारको नीति तथा कार्यक्रम दुई दिनपछि सारिएको छ । सरकारले यसको सबै तयारी गरेर प्रदेशसभा पनि २३ गतेका लागि बैठक बोलाएकोमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन अस्वस्थ भएपछि सारिएको हो ।

प्रदेशसभा सचिवालयले आइतबार एक विज्ञप्तिमार्फत सोमबार बस्ने प्रदेशसभाको बैठक स्थगित भएको जनाएको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको विज्ञप्तिमा २५ गते बस्ने बैठकमा प्रदेशसभा सदस्यहरूलाई उपस्थिति हुनको लागि आग्रह गरिएको छ । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले नै प्रस्तुत गर्नुपर्ने भएकाले उहाँको अस्वस्थतालाई ख्याल गर्दै दुई दिन सारिएको पुनले जानकारी दिए ।

केही दिनयता पेटसम्बन्धि समस्याका कारण शेरचनले उपचार गरी आराम गरेको उनको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर