टेस्ट क्रिकेटमा रुटले पुरा गरे १० हजार रन – Nepal Press

टेस्ट क्रिकेटमा रुटले पुरा गरे १० हजार रन

लन्डन । इङ्गल्यान्डका जोए रुटले टेस्ट क्रिकेटमा १० हजार रन पुरा गरेका छन् । उनी यस्तो सफलता हात पार्ने दोस्रो इङ्लिस ब्याट्सम्यान हुन् ।

न्युजिल्यान्डविरुद्ध जारी टेस्ट शृंखलाअन्तर्गत पहिलो खेलको दोस्रो पालीमा एक सय रन जोड्नेवित्तिकै रुटको १० हजार रन पुरा भएको थियो ।

यसअघि इङ्गल्यान्डका एलेस्टर कुकले मात्र १० हजार रन पुरा गरेका थिए । टेस्ट क्रिकेटमा १० हजार रन पुरा गर्ने रुट इतिहासकै १४ औँ ब्याट्सम्यान हुन् ।

सबैभन्दा बढी रन बनाउने कीर्तिमान भने भारतका सचिन तेन्दुलकरको नाममा छ । उनले टेस्ट क्रिकेटमा १५ हजार ९ सय २१ रन बनाएका छन् । दोस्रो स्थानमा रहेका रिकी पोन्टिङको नाममा १३ हजार ३ सय ७८ रन छ । दक्षिण अफ्रिकाका ज्याक कालिस र भारतका राहुल द्रविडले पनि १३ हजारभन्दा बढी रन बनाएका छन् ।

रुटले कुकको नाममा रहेको सबैभन्दा कम उमेरमा १० हजार रन पुरा गर्ने कीर्तिमान पनि बराबरी गरेका छन् ।

उनले पनि कुकले जस्तै ३१ वर्ष ५ महिना ५ दिनमा यो सफलता हात पारेका हुन् । सचिनले ३१ वर्ष १० महिना २० दिनमा १० हजार टेस्ट रन पुरा गरेका थिए ।

रुटले टेस्ट क्रिकेटमा २ सय १८ पाली खेल्दै २६ शतक र ५४ अर्धशतक बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर