मर्न डराएकाले विप्लव–प्रकाण्ड चुनावमा गए : नेकपा (बहुमत) नेता सुदर्शन – Nepal Press

मर्न डराएकाले विप्लव–प्रकाण्ड चुनावमा गए : नेकपा (बहुमत) नेता सुदर्शन

काठमाडौं । नेकपा (बहुमत)का कार्यालय सदस्य तथा प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को प्रवृति सारसंग्रवादी भएको बताएका छन् । शुक्रबार संवाद डबलीमा सहिद कृष्णसेन ‘इच्छुक’को सम्झनामा आयोजना गरिएको कार्यक्रममा बोल्दै सुदर्शनले दार्शनिक रुपमा विप्लव सारसंग्रहवादी भएको बताएका हुन् ।
उनले विप्लवले एकीकृत जनक्रान्तिलाई मनछिन्ते झोली बनाएको बताए । ‘एकीकृत जनक्रान्तिलाई मनछिन्ते झोली बनाउनुभयो, दर्शन पनि त्यही हो, राजनीति पनि त्यही हो, रणनीति पनि त्यही, कार्यनीति पनि त्यही हो, हुँदै जाँदा त चुनाव पनि एकीकृत जनक्रान्ति हो भन्ने ठाउँमा पुग्नुभयो । यो सबै हिसाबले उहाँहरु सारसंग्रहवादी हो’ सुदर्शनले भने ।
त्यस्तै विप्लवले प्रधान चिजलाई साहयक र साहयकलाई प्रधान बनाउने गरेको बताए । पार्टीको १२ औं केन्द्रीय समिति बैठकले चुनावमा भाग नलिने निर्णय गरेको तर त्यसको चारदिन पछि विप्लवले चितवन भेलामा आफूले भनेको मानेको भए चुनावमा जाने निर्णय हुने भन्दै केन्द्रीय समितिलाई काम नलाग्ने बताएको बताए ।
पार्टीको निर्णयविरुद्ध केन्द्रीय सदस्यविरुद्ध स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्न सकिने भन्ने विषयलाई सायहक बनाएर विप्लव चुनाव गएको तर धरौटी बचाउन नसकेको बताए । राजनीतिक रुपमा विप्लव प्रवृति संसदवाद भएको बताउँदै सुदर्शनले भने, ‘ विप्लव प्रवृति सिधैं संसदीय संसदवादी हो, उहाँहरुको रुझान स्थानीय चुनावबाट विस्तारै छिर्ने, त्यसपछि मन्त्री हुने चाहना, हिजो भएको लालसा पनि छँदैछ ।’
प्रचण्डसँग अलग हुने बेला विप्लवको उद्देश्य वैज्ञानिक समाजवाद नभएको अरुलाई निषेध गरेर, प्रतिबन्ध लगाएर प्रधानमन्त्री हुने र राष्ट्रपति राजसंस्थालाई बनाउने विप्लवको योजना रहेको बताउँदै सुदर्शनले विप्लव प्रवृति संसदवादी नै भएको बताए । संगठनात्मक रुपमा विप्लव निषेधात्मक रहेको सुदर्शनले बताए ।
‘विप्लव जहिले पनि मनोगत हुनुभयो, एकल काटे हुनुभयो । अहिले पनि उहाँलाई आफ्नो पाँच लाख भोट आउछ भन्ने लागेको थियो । अघिल्लो स्थानीय चुनावमा वैद्यजीहरुको १३ हजार भोट भन्दा विप्लवले घृणा गर्नुहन्थ्यो र हाँसोमा उडाउनु हुन्थ्यो तर अहिले आफ्नो त्यति पनि पुगेन मेरो विचारमा‘ ’ सुदर्शनले भने । उनले विप्लवले पार्टीमा निषेधात्मक नीति लागु गरेको बताए ।
पार्टीमा विप्लव र प्रकाण्डसँग मिल्ने सजातीय र बिजात जस्तो व्यवहार लागु भएको बताउँदै सुदर्शनले त्यसको पहिलो शिकार विद्यार्थी संगठन र त्यसपछि पत्रकार संगठन भएको बताए । उनले ६५ जना केन्द्रीय समिति सदस्यमा ३४ जना त तीन जनाले निर्णय गर्दै हटाएको बताए ।
अर्को प्रसंगमा बोल्दै सुदर्शनले विप्लव र प्रकाण्ड मर्न डराएरै चुनावमा गएको बताए । ‘मर्न डराएरै हो विप्लव र प्रकाण्ड संसदमा छिर्न खोजेको, किन गए आफूले विद्रोह गरेको व्यवस्थामा तम् शरणम् गर्न । यो कानुन, संविधान मान्दैनौं भनेर विद्रोह गरेर आउने तर किन त्यही व्यवस्थामा जाने ?’ उनले भने । मलाई थ्रेट छ, एक महिनाको लागि मानिदिनुस् भन्ने थालेको  बताउँदै सुदर्शनले विप्लव–प्रकाण्डमा आत्मसुरक्षावाद देखा परेको दाबी गरे ।
त्यसैगरी विप्लव र प्रकाण्डमा जुझारु अर्थवाद देखा परेको सुदर्शनले बताए । पार्टीका हरेक संघर्षका कार्यक्रमको लक्ष्य अर्थ बनाउन थालेको उनले बताए । पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएका साथीहरुलाई फिर्ता नहुनु पैसा पठाईदिउला भन्दै विप्लव र प्रकाण्डले साथीहरुलाई जबरजस्त उम्मेदवारी दिन लगाएको बताए ।
प्रवक्ता सुदर्शनले विप्लव निम्न पुँजीवादी स्वछन्दतावाद हुँदै कल्पनावाद फसेकोले आफूहरुले त्यसविरुद्ध विद्रोह गरेको बताए । त्यस्तो प्रवृतिविरुद्ध लड्न आफूहरुले साँस्कृति क्रान्तिलाई पनि सँगसँगै लिने बताए । नेकपा (बहुमत) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघले कृष्णसेन स्मृतिमा गोष्ठ तथा कविता बाचन कार्यक्रममा विभिन्न कविहरुले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर