काठमाडौंको उपमेयरमा भारी मतान्तरसहित सुनिता डंगोल विजयी – Nepal Press

काठमाडौंको उपमेयरमा भारी मतान्तरसहित सुनिता डंगोल विजयी

काठमाडौं । नेकपा एमालेकी सुनिता डंगोल काठमाडौं महानगरको उपमेयरमा निर्वाचित बनेकी छन् । भारी मतान्तरसहित उनले गठवन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गरिन् ।

भर्खरै सार्वजनिक गरिएको मत परिणाम अनुसार उपमेयरमा सुनिताले ६८६१२ मत ल्याएकी छन् । पराजित उम्मेदवार श्रेष्ठले २३८०६ मत प्राप्त गरे ।

सुरुमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी सुनितालाई पछि एमालेले उपमेयरको टिकट दिएको थियो । उनी नेवारी भाषा, संस्कृतिको प्रवर्द्धनमा सक्रिय अभियन्ता हुन् । साथै, सन् २०११ कि मिस नेवा हुन् ।

स्वतन्त्र उम्मेदवार विद्या मानन्धरलाई १३६९५ भोट आएको छ । राप्रपाकी विनिता मगैया १२१४१ मतका साथ चौथो बनिन् । पाँचौं स्थानमा रहेकी साझा विवेकशील पार्टीकी उम्मेदवार कीर्ती तुलाधरले २५९० मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर