सुमन सायमीको वडामा एमालेको प्यानलै विजयी – Nepal Press

सुमन सायमीको वडामा एमालेको प्यानलै विजयी

काठमाडौं । काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीको वडामा एमालेको प्यानलै विजयी भएको छ । सायमीको वडा नम्बर १३ को वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर निर्वाचित भएका छन् ।

मानन्धरले ३१२४ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले २६५४ मत प्राप्त गरेका छन् ।

यहाँ मेयरका स्वतन्त्र उम्मेदवार बालेनले १७८८ मत पाए भने सायमी स्वयमले १७३४ मत प्राप्त गरे । उक्त वडामा मेयरका एमाले उम्मेदवार केशव स्थापितले १५१५ र कांग्रेसकी सिर्जना सिंहले ११५६ मत पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर