शंकर पोखरेलको गृहनगरमा गठबन्धन पराजित, मेयर उपमेयर दुबैमा एमाले विजयी – Nepal Press

शंकर पोखरेलको गृहनगरमा गठबन्धन पराजित, मेयर उपमेयर दुबैमा एमाले विजयी

काठमाडौं । दाङको तुलसिपुर उपमहानगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ ।

मेयरमा एमालेका टिकाराम खड्का ३१४०८ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७७१७ मत पाए ।

यस्तै उपमेयरतर्फ एमालेकै स्यानी चौधरी निर्वाचित भएकी छन् । उनले ३०५९७ मत पाइन् । उपमेयर नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २१०६५ मत पाए ।

कांग्रेसका गढ मानिएका वडामै अपेक्षित मत नआएपछि गठबन्धन फराकिलो मतले पराजित भएको हो ।

यो उपमहानगरपालिका एमालेका महासचिव शंकर पोखरेल र नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक गिरीको गृहपालिका हो ।

एमालेले दाङकै अर्को उपमहानगर घोराहीमा समेत विजयी बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर