काठमाडौं- १९ को वडाध्यक्षमा दोब्बर मतसहित कांग्रेसका श्रेष्ठ निर्वाचित – Nepal Press

काठमाडौं- १९ को वडाध्यक्षमा दोब्बर मतसहित कांग्रेसका श्रेष्ठ निर्वाचित

काठमाडौं । काठमाडौं महानगर- १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारको भन्दा दोब्बर मत ल्याएर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले १२०० मत पाए भने मुनिकार ७४१ मा सीमित भए ।

यो वडाबाट महानगरको मेयरका लागि कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । परिणामअनुसार कांग्रेसकी सिर्जना सिंहले ७८१ मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ७०२ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारद्वय बालेन साह र सुमन सायमीले क्रमशः ६५४ र ४४५ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर