तुलसीपुर- १६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार डाँगी विजयी, गठबन्धन तेस्रो – Nepal Press

तुलसीपुर- १६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार डाँगी विजयी, गठबन्धन तेस्रो

दाङ । तुलसीपुर उपमहानगरपालिका- १६ को वडाध्यक्षमा गठबन्धन र एमालेलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार शिवानन्द डाँगी विजयी भएका छन् ।

सत्तागठबन्धनले वडा अध्यक्षको टिकट नदिएपछि माओवादी नेता शिवानन्द डाँगीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनले १ हजार ३४४ मतका साथ विजयी हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका अमर खड्काले १ हजार १५९ मत ल्याए भने यहाँ सत्तागठबन्धन तेस्रो स्थानमा सीमित भएको छ ।

सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका भुपबहादुर केसीले ४६७ मत मात्रै पाएका छन् । यहाँ ४२ सय ४४ मत खसेको थियो। वडा सदस्यमा भने एमाले र गठबन्धनका २–२ जना विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर