भरतपुर महानगरको मेयरमा रेणु दाहाल निर्वाचित हुने पक्का, गन्न बाँकीभन्दा मतान्तर धेरै – Nepal Press

भरतपुर महानगरको मेयरमा रेणु दाहाल निर्वाचित हुने पक्का, गन्न बाँकीभन्दा मतान्तर धेरै

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित हुने पक्का भएको छ ।

मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीविरुद्ध रेणुले लिएको अग्रताभन्दा गन्न बाँकी मत कम रहेको छ ।

अहिलेसम्म भरतपुर महानगरपालिकाका १ देखि २५ नम्बरसम्मका वडाको गणना सम्पन्न भएको छ । २६ नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

२७ नम्बर वडाको मत गणना पनि सुरु भइसकेको छ ।
हालसम्म १ लाख १६ हजार ६ सय ६६ मत गणना भएको छ । गन्न बाँकी मत ११ हजार १ सय ७३ छ । गन्न बाँकी वडा नम्बर २७, २८ र २९ मा जम्मा १० हजार ३ सय २४ मत खसेको छ ।

रेणुले विजयविरुद्ध ११ हजार ४ सय ५७ मतको अग्रता लिइसकेकी छिन् । रेणुले ४७ हजार ४० मत ल्याउँदा विजयले ३५ हजार ५ सय ८३ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर