सर्लाहीमा एमालेलाई क्लीनस्वीप हुनबाट जोगाउँदै बरहथवाको मेयरमा कल्पना कटुवाल विजयी – Nepal Press

सर्लाहीमा एमालेलाई क्लीनस्वीप हुनबाट जोगाउँदै बरहथवाको मेयरमा कल्पना कटुवाल विजयी

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा एमालेले जितेको छ । मेयरमा एमालेकी कल्पनाकुमारी कटुवाल १२ हजार २७३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका देवानन्द महतोले ६ हजार ६६६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै रामबाबु प्रसाद साह ९ हजार ९०१ मतसहित विजयी भएका छन् । उपमेयरमा दोस्रो भएकी नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार ११९ मत प्राप्त गरेकी छन् ।

मेयरमा निर्वाचित कटुवाल पाँच वर्षअघि सोही पदमा माओवादीका महतोसँग पराजित भएकी थिइन् । यसपटक परिणाम उल्टिएको छ ।

कटुवालको जितसँगै सर्लाहीमा एमाले क्लिनस्वीप हुनबाट जोगिएको छ । कटुवाल सर्लाही जिल्लाकै पहिलो महिला मेयर बन्न सफल भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर